| निर्माण पूरा भइसकेको बीपी राजमार्गको खण्ड। फोटो सौजन्यः बासु क्षितिज/फ्लिकर |
आश्विन २६ - बीपी राजमार्गबाट एक यात्रुबाहक बस सुनकोसी नदीमा खस्दा कम्तीमा ४० जनाको मृत्यु भएको छ । सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना.३.ख ९४१२ नम्बरको उक्त
बस सिन्धुलीको झाँगाझोली-६ रिट्ठे भन्ने स्थानमा बिहीबार बिहान साढे १० मा दुर्घटना
भएको हो । मृतकको संख्या बढ्न सक्ने सम्भावना रहेको छ ।
बसका छतमा समेत यात्रु बसेका थिए । छतबाट हाम फालेर केही यात्रुले ज्यान जोगाएका
छन् । प्रहरी र स्थानीयवासी उद्धार कार्यमा खटिएका छन् । थप विवरण आउन बाँकी रहेको
छ ।
| बीपी राजमार्गको स्थिति। स्केच साभारः यातायात विभाग |
हालसम्म प्राप्त जानकारी अनुसार २७ जना पुरुष र १३ जना महिला
गरी ४० जनाको मृत्यु : नेपाल प्रहरी
प्रहरीका अनुसार दुर्घटनामा अन्य १४/१५ जना यात्रुहरु घाइते
छन्। उनीहरुको अवस्था गम्भीर छ। उनीहरुलाई उपचारको लागि बनेपा र काठमाडौँ तर्फ
लगिएको छ ।