Thursday, February 23, 2012

सकियो ट्याम्के महोत्सव


दमन र्राई/खोटाङ

'ट्याम्केडाँडा पर्यटनको पहिचान, प्राकृतिक सम्पदाको संरक्षण, हाम्रो अभियान' भन्ने नारासहित खोटाङ र भोजपुरको सिमामा पर्ने ट्याम्केडाँडामा आयोजित ट्याम्के महोत्सव सम्पन्न भएको छ । समुद्री सतहदेखि ३ हजार १० मिटरको उचाईमा रहेको पर्यटकीय स्थल ट्याम्केडाँडाको पर्यटन पर््रवर्धनकासाथै त्यहाँ भएका जैविक सम्पदाको संरक्षण गर्ने उद्धेश्यले गत फागुन-७ गते शुरु भएको महोत्सव आज सम्पन्न भएको हो । भोजपुर र खोटाङमा उत्पादन हुने कृषि उत्पादन, ट्याम्के र स्याल्मे जंगलमा पाईने ७४ किसिमका जडीबुटी, राडीपाखी, बाँसबाट तथा फलामबाट बनेको घरेलु सामग्रीको स्टलहरु राखिएको महोत्सवमा अनुमानित ५० लाख भन्दामाथिको आर्थिक बराबरको कारोबार भएको महोत्सव प्रचारप्रसार समितिका संयोजक सिताराम र्राईले जानकारी दिनु भयो । भोजपुर डान्स सेन्टरका कलाकारहरुको सांगीतिक प्रस्तुती, आदिबासी जनजातीको साँस्कृतिक झाँकी, साकेला, लाखे, धामीझाँक्री नाच तथा जातीय भेषभुषा आकर्षाकारुपमा रहेको महोत्सव पैदल तथा गाडीमा चढेर आएका खोटाङ, भोजपुर, धनकुटा, धरानलगायतका र्सवसाधारणले अवलोकन गरेका छन् ।

पर्यटनको पर्याप्त सम्भावना हुँदाहुँदै पनि ओझेलमा परेको ट्याम्केडाँडाको पहिचान गराउन र पर्यटन विकासकालागि आयोजना गरिएको महोत्सव अवधिभर अनुमानित १७ लाख ५० हजारको खर्च भएको आयोजकले बताएको छ । पर्ुर्वी पहाडी जिल्लाकै अग्लो मानिने ट्याम्के र ट्याम्के जंगलमा पाईने वन्यजन्तु र जडीबुटीको प्रचारप्रशार गर्दै संरक्षण गर्नकालागि पनि महोत्सव गरिएको हो ।

बिश्वको अग्लो शिखर सगरमाथा, मकालु, कञ्चनजंघा, गौरीशंकर, ल्होत्से, दार्जिलिङको र्टाईगर हिललगायतका साना तथा ठूला हिमश्रृङ्खलाको मनोरम दृश्याअवलोकन गर्न सकिने टेम्केमा ३६५ फिट अग्लो भ्यु टावर पनि निर्माण भइरहेको छ । ट्याम्केको जंगलमा ठूलो ओखती, पाखनबेद, लौठ सल्ला, चिर्राईतो, मजिटोर्,र् इन्द्रेणी, चाबु, हट्चुर, सतुवाजरा, नागबेली, बन करेला, मुसे करेला, जडेलो, कालो चितुलगायतका जडीबुटी पाईछन् भने, रेडपाण्डा, सालक, दुम्सी, मृग, घोरल, बाघ, भालु, मुनाल, पिउरा, काँडेभ्याकुर, लफेटोलगायतका पशुपन्छीको बसोबास रहेको छ र्।र् इलामको अन्तुबाटजस्तै उदाउँदो र अस्ताउँदो घाम पनि हर्ेन सकिने टेम्केडाँडाबाट खोटाङ, भोजपुर र सोलुखुम्बुलगायतका ठाउँका र्सवसाधारणहरु पिकनिक, भेला, प्राकृतिक मनोरञ्जनकालागि जाने गरेका छन् ।

मौसम सफा भएकोबेला पर्ुर्वी जिल्लाहरुबाहेक काठमाडौ उपत्यका, भारतको सिक्किम, दार्जिलिङ, कालिङपोङ, सिलीगुढी, पूर्णर्ीया, बीरपुर र भुटानका केही ठाउँसमेत देख्न सकिन्छ । पर्ुर्वी नेपालको पहाडी जिल्लामध्यकै अग्लो मानिने टेम्केमा हरेक बर्षो शिबरात्री र बालाचतर्ुदशीको दिन मेला लाग्ने गरेको छ ।

No comments:

Post a Comment

kmlpandit01@gmail.com